विप्लव माओवादीको शक्ति प्रदर्शनः जनसत्ता र जनसरकारको घोषणा ? ( फोटो सहित )

विप्लव माओवादीको शक्ति प्रदर्शनः जनसत्ता र जनसरकारको घोषणा ? ( फोटो सहित )

  • शुक्रबार, जेष्ठ ७, २०७३
  • मिर्मिरे अनलाइन

  • 46.5K
    SHARES

जेष्ठ ७ काठमाण्डौं । विप्लव नेतृत्वको नेकपा माओवादीले माओवादीलाई बाइपास गरेर ल्याएको संविधान नमान्ने घोषणा गर्दै स्थानीय तहबाटै जनसत्ता र जनअदालत ब्युउताउने घोषणा गरेको छ ।

वेपत्ता योद्धा दिवसको अवसरमा नेकपा माओवादीले आज राजधानीको खुलामन्चमा आयोजना गरेको बृहत शाक्ति प्रदर्शन तथा जनसभालाई सम्बोधन गर्ने क्रममा पार्टी महासचिव नेत्र विक्रम चन्द विप्लवले जनसरकारको प्रधानमन्त्री सन्तोष बुढा र जनप्रतिनिधि सभाको सभामुख उमा भूजेल भएको उद्घोष गर्नु भयो ।

देशमा कलोबजारी र भ्रष्टाचारी र माफियातन्त्र मौलाएको भन्दै भोलीदेखि त्यसका विरुद्धमा संघर्षमा उत्रिने उद्घोष गर्नु भएको छ ।

माओवादी कार्यकर्तालाई पुरानो र झुटा मुद्धामा फसाउन खोजेको भन्दै महासचिव विप्लवले सरकारको कदम नसच्याएमा प्रधानमन्त्रीको घरमा समेत म्याद टास्ने चेतावनी दिनु भयो ।

उहाँले जनताको न्याय र मुिक्तका लागि अन्तिम समयसम्म लडिरहने प्रतिवद्धता समेत जनाउनु भएको छ ।

प्रचण्ड लगायत केही माओवादी नेताहरु माओवादी मान्यताबाटै विचालित भएको भन्दै उहाँले उनीहरु वास्तविक माओवादी नभएकाले प्रचण्डलाई माओवादी वृतमा नराखिएको विप्लवको तर्क छ ।
उहॉले फास्ट ट्रयाक भारतलाई दिनु पर्छ भन्ने काग्रेस सभापति शेर बहादुर देउवाको अभिव्यक्तिले राष्ट्रियताको हित विपरीत रहेको भन्दै देउवाले कुनै दिन पदका लागि देशै बेच्न सक्ने बताउनु भयो ।

यस्तै सभालाई सम्बोधन गर्दै पार्टी स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोलाले नेकपा माओवादी दलाल राज्य सत्तासामु कहिले पनि नझुक्ने बताउनु भयो ।

– कार्यकर्ताको झुट्टा मुद्धा फिर्ता नलिए ओलीको घरमा म्याद टास्ने चेतावनी ।
-स्थानीय तहबाटै जनसरकार, प्रतिनिधि सभा र जनअदालत शुरु गर्ने घोषणा ।
 -प्रचण्डहरुलाई माओवादी वृतमा नराखिएको चर्चा ।
-दलाल र भ्रष्टहरु विरुद्ध तत्कालै अब संघर्ष थाल्ने घोषणा ।
 -माथिल्लो कर्णाली भारतलाई दिने कदम विरुद्ध लड्ने ।
-देउवाले देशै बेच्न सक्ने आरोप ।

सभालाई सम्बोधन गर्नुहुदै पार्टी प्रवक्ता खडग बहादुर विश्वकर्म प्रकाण्डले आफूहरुको शक्ति देखेर राजय अतालिएको दावी गर्नुभयो । राजधानीमा आज उर्लिएको बिशाल जनलहरले नयाँ शक्तिको रुप लिने उहाँको भनाई थियो ।

वर्तमान राज्य सत्तालाई माफियाको जालोको संघ दिदै उहाँले जनताको शासन सत्ता स्थापना नहुन्जेलसम्म आफूहरुको संघर्ष जारी रहने धारणा राख्नु भएको छ ।

यस्तै कम्युनिष्ट न्युक्लियस पार्टीका संयोजक हेमन्त प्रकाश ओलीले एमाओवादी सहित अन्य पार्टीहरुबीच हिजो भएको एकतालाई कथितको संज्ञा दिनु भएको छ ।

सभालाई सम्बोधन गर्दै अर्का नेता एकराज भण्डारीले बेपत्ताहरुको खोजबिन कार्यमा सरकारले उदासिनता देखाएको आरोप लगाउनु भयो ।

प्रदर्शनका लागि देशका विभिन्न जिल्लाबाट करिब २० हजारको हाराहारीमा कार्यकर्ता र समर्थकहरु आएको अनुमान गरिएको छ ।
कार्यक्रममा पार्टीका विभिन्न जन वर्गीय संगठनका साथै साँस्कृतिक समुहले विभिन्न साँस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए ।

प्रचण्ड सहित राम बहादुर थापा, मात्रिका यादव, मणि थापा सहितका नेताहरुले माओवादी एकता भन्दै सामुहिक रुपमा हात उठाएको भोलिपल्ट नेता चन्द नेतृत्वको माओवादी शत्ति प्रदर्शन सहित आफ्नो पार्टीको नीति कार्यक्रम सार्वजनिक गर्न लागेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ