आन्दोलनरत संघिय गठबन्धनलाई वार्तामा आउन सरकारको पुनः आग्रह

आन्दोलनरत संघिय गठबन्धनलाई वार्तामा आउन सरकारको पुनः आग्रह

  • शुक्रबार, जेष्ठ ७, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाण्डौ ७ जेठ । 

सरकारले आन्दोलनरत संघिय गठबन्धनलाई वार्तामा आउन आग्रह गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले अधिकतम लचकताका साथ संवादमा बस्ने निर्णय गर्दै वार्ताका लागि आन्दोनरत पक्षलाई आह्वान गरेको हो ।

काठमाडौं केन्द्रित आन्दोलनमा रहेको गठबन्धनको माग सम्बन्धन गर्ने सम्बन्धमा सरकारले लचकता अपनाउने निर्णय गरेको सरकारका प्रबक्ता संचारमन्त्री शेरधन राइले जानकारी दिनुभयो ।

यसैगरी आजको मन्त्री परिषद बैठकले लुम्बिनी अञ्चल अस्पतालको शैय्या थप्ने निर्णय समेत गरेको छ । १ सय शैय्याबाट बढाएर तीन सय शैय्या र्पुयाउने निर्णय सरकारले गरेको हो ।

सरकारले श्रीलंकालाई प्राकृतिक विपतका बेला १ लाख अमेरिकी डलर सहयोग गर्ने निर्णय गरेको छ । श्रीलंकामा हालसालै आँधि, बाढी र पहिरोले धनजनको क्षति र्पुयाएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ