काठमाण्डौ ,७ जेठ ।
राजधानीमा जारी अन्तराष्ट्रिय बौद्ध सम्मेलनमा आज बौद्ध दर्शन सम्बन्धी विभिन्न कार्यपत्रमाथि छलफल हुँदैछ ।
सम्मेलनमा सहभागी बिभिन्न देशका प्रतिनिधिीले आज बुद्ध दर्शन र यसको प्रभावसँग जोडिएका बिभिन्न २३ वटा कार्यपत्र प्रस्तुत गर्दै छन् । आज प्रस्तुत हुने २३ वटा कार्यपत्रमध्ये सात वटा कार्यपत्र नेपालका तर्फबाट प्रस्तुत हुने छ ।
हिजो प्रस्तुत भएका र आज प्रस्तुत हुने कार्यपत्रमाथि आज एकै पटक छलफल गरि आजै सम्मेलनको समापन गरिने छ ।
यस अघि हिजै उद्घाटन सत्र पछि जापान ,बेलायत ,अमेरीका ,श्रीलंका र भारतका प्राध्यापक र अनुसन्धानकर्ताले लुम्बिनी तथा गौतमबुद्ध सम्बन्धी कार्यपत्र प्रस्तुत गरिसकेका छन् ।
सम्मेलनमा २३ मुुलुकका १ हजार ३ सय भन्दा वढी धार्मिक गुरु तथा प्रतिनीधिले सहभागिता छ । बुद्धको जन्मस्थल र बौद्ध दर्शनको सुरुवात नेपालमै भएको हो भन्ने विश्वव्यापी सन्देश दिन आयोजना गरिएको सम्मेलन विभिन्न कर्यपत्रमा छलफल पछि आजै सकिने र भोली लुम्बीनिमा आयोजना हुने बिशेष समारोहमा सहभागीता जनाउने कार्यक्रम छ ।
बौद्ध दर्शनको वृहत्तर प्रचार र धार्मिक पर्यटन प्रवर्दशनमा सम्मेलन निकै फलदायी हुने सरकारले विश्वास लिएको छ ।
सम्मेलन समापन पछि भोली २५ सय ६० औं वुद्ध जयन्ती गौतमवुद्धको जन्मस्थल लुम्विनीमा मनाउने सरकारले तयारी गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितीमा हुनसम्मेलनले लुम्बिीनि घोषणापत्र समेत जारी हुनेछ ।