विन विनले यसरी ठग्दैछ सर्वसाधारणलाई

विन विनले यसरी ठग्दैछ सर्वसाधारणलाई

  • बिहिबार, जेष्ठ ६, २०७३
  • मिर्मिरे अनलाइन

  • 22.7K
    SHARES

काठमाडौं, ६ जेठ ।

नेपालमा नेटवर्किङक व्यवशायका नाममा युनीटीले लाखौं मानिसलाई बर्बाद बनाएर धेरै पीडितहरु भौतारीरहेका बेला फेरी विन विन नामको अर्को नेटवर्किङका नाममा सर्वसाधारणलाई अरब पति बनाउने सपना बाड्दै प्रति व्यक्ति ८ हजार, २५ हजार र दुई लाख भारु सम्म रुपैया सदस्यता शुल्क बापत उठाउदै आएको खुलासा भएको छ ।
भारतको वाराणसी जिल्लाको चादमारी चोकमा रहेको विन विन ईन्टरनेस्नल टे«डमार्क कम्पनी लिमिटेडको नाममा रहेको समुहले नेपालमा समेत एजेण्टहरु ७५ वटै जिल्लाभरी खटाएर पैसा उठाउने गरीरहेको बुझिएको छ ।
सो कम्पनीका प्रमुख कार्यकारी अधिकृत लमजुङ निवासी यामराज तामाङ लामा रहेका छन् । उनले काठमाण्डौंमा लालिगुरास दोहोरीसाझ‘ र कान्तिपुर ओभरसिज नामको म्यानपावर चलाईरहेका छन् ।
पीडितहरुले तामाङले पठाएका अन्य एजेन्टहरु मार्फत १४ खर्ब भन्दा बढी रकम उठाएर खाएर अहिले लुकीछिपी हिड्ने गरेको केही पीडितहरुले बताएका छन् ।
पीडितहरु मध्य केहीले माओवादी नेता कार्यकर्तासग‘ पैसा फिर्ता दिलाईदिन अपिल गरेको बुझिन आएको छ ।
यस्तै केही पीडितहरु अदालतको ढोकामा जाने समेत तयारी गरेको बुझिएको छ । तामाङको समुहमा रहेका व्यक्तिहरुले दाङ, रुपन्देही, पाल्पा , काभ्रे , उदयपुर , सिन्धुली रामेछाप, सिन्धुपालचोक, भक्तपुर, काठमाण्डौं , मकवानपुर, दार्चुला लगायतका जिल्लामा बढी पीडित रहेको बताईएको छ ।

तामाङको नेटवर्किङ व्यवसायाई पोखराकी गीता सापकोटा, काभ्रेका जितमान मगर, गोर्खाका पर्शुराम भट्ट, दार्चुलाका भुपेन्द्र सिंह धामी, दाङका नारायण भण्डारी, गोरखाका राज गुरुङ, कपिलवस्तुका योगराज उपाध्याय, काभ्रेका विनोद गौतम, दाङका मिलन चौधरी, उदयपुरकी पूजा माझी, उदयपुरका काशिराम माझी, सिन्धुपाल्चोकका सुदर्शन थापाले चलाइ रहेको युनाईटेड साप्ताहिकले उल्लेख समेत गरेको छ ।
तामाङले नेटवर्किङ व्यवसायबाट मासिक ८० लाख हाराहारी सम्म पैसा खाने गरेको उनी स्वयंले विभिन्न तालिमहरु चलाउदा बताउने गरेको एक पीडितले बताए ।
तालिम, एक व्यक्तले पाच जना सम्म बनाए एक लाख १२ हजार भारु सम्म कमाउन सक्ने र त्यसरी बनाउदै गए पैसा पैसा हुने र अरबपति हुन कुनै बेर नलाग्ने भन्दै भन्ने गरेको पनि पीडितको भनाई छ ।

यो समूहले सुरुमा प्रतिव्यक्ति भारतीय रुपियाँ दुई लाख लिने गर्छ । आकर्षक लोभ देखाएर लिइने यो रकमसँग प्रत्येक व्यक्तिले तीन जना सदस्य बनाउनु पर्ने हुन्छ ।
रकम लेनदेनमा कुरा नमिलेपछि वीन वीन नेटवर्किङ विभाजन भएर दुई टुक्रा भएको छ । सोही समूहका विवेक तिमल्सिनाले ‘अपेरी’ नामक संस्था बनाएर नेपालमा नेटवर्किङको काम गर्दै आएका छन् । अपेरीको कार्यालय पनि भारतको उत्तराखण्डमा छ ।
तिमल्सिनाले पनि करोडौँ रुपियाँ उठाइ सकेका छन् । मिलन चौधरीले पनि उत्तर प्रदेशको गोरखपुरमा कार्यालय स्थापना गरेर नेपालमा नेटवर्किङ व्यवसाय चलाउँदै आएका छन् । नेटवर्किङका नाममा बुटवलका रोहित श्रेष्ठले पनि करोडौं रकम खाइदिएका छन् ।
प्रहरी र प्रशासन समक्ष उजुरी परेपछि अहिले वीन वीन नेटवर्किङ चलाउने कार्यकारी निर्देशक प्रेमबहादुर तामाङ सहितका समूह लुकेर हिँड्ने गरेको छ । प्रहरी प्रशासनले पनि उनीहरूलाई कारबाही गर्न खासै ध्यान नदिएको आरोप पीडितहरूको छ । यूनिटी प्रकरणमा हजारौं सर्वसाधारणका करोडौँ रकम डुबीसकेको छ । दोषीहरू जेलमा छन् भने कोही अहिले पनि फरार सूचीमा छन् ।
अब विन विनलाई पनि युनीटीका सञ्चालकहरुलाई जस्तै कार्बाही गर्नु पर्ने भन्दै पीडितहरु संगठित हुन थालेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी