अन्तराष्ट्रिय बौद्ध सम्मेलन आजदेखि सुरु , ३२ कार्यपत्र प्रस्तुत हुने

अन्तराष्ट्रिय बौद्ध सम्मेलन आजदेखि सुरु , ३२ कार्यपत्र प्रस्तुत हुने

  • बिहिबार, जेष्ठ ६, २०७३
  • मिर्मिरे अनलाइन

  • 13.4K
    SHARES

काठमाडौँ, ६ जेठ ।
अन्तराष्ट्रिय बौद्ध सम्मेलन आजदेखि राजधानीमा सुरु भएको छ । राजधानीस्थित सोल्टी होटलमा आयोजित बिशेष समारोहका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलनको उद्घाटन गर्नुभयो ।

गौतम बुद्धको जन्मस्थल र बौद्ध दर्शनको सुरुवात नेपालबाट भएको सन्देश अन्तराष्ट्रिय समुदायलाई दिने उद्धेश्यले सरकारले दुई दिने सम्मेलनको आयोजना गरेको हो । सम्मेलनमा अहिले बिभिन्न मुलुकका प्रतिनिधिहरुले शुभकामना मन्तब्य राख्ने क्रम जारी छ ।

सम्मेलनमा राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रका करीब ४ सय जनाको सहभागीता रहेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । दुई दिनसम्म चल्ने सम्मेलनमा बौद्ध दर्शन सम्बन्धी बिभिन्न ३२ वटा कार्यपत्र प्रस्तुत हुनेछन् ।

विश्वका २८ देशका सरकारी प्रतिनिधि, धर्मगुरु, भिक्षु तथा भिक्षुणी र बौद्ध दर्शनका ज्ञाता गरी चार सय प्रतिनिधिको सहभागीता छ । चिनियाँ राष्ट्रपति, भारतीय प्रधानमन्त्री, राष्ट्रसंघका महासचिव लगायतको समेत सहभागीता हुने चर्चा भएपनि उहाँहरुले आफ्ना प्रतिनिधिहरु लाई सम्मेलनमा पठाउनु भएको छ ।

अन्तराष्ट्रिय बौद्ध सम्मेलनले बौद्ध दर्शनको वृहत्तर प्रचार र धार्मिक पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने सरकारको विश्वास छ ।

सम्मेलन समापन भएपछि पर्सि शनिवार २५ सय ६० औँ बुद्ध जयन्ती राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा गौतम बुद्धको जन्मस्थल लुम्बिनिमा मनाउने तयारी सरकारको छ ।

जेठ ८ गते हुने सो कार्यक्रममा बौद्ध सम्मेलनका सहभागीसमेत लुम्बिनी जाने छन् । लुम्बिनीसँगै तिलौराकोट, देवदह र रामग्रामलाई आन्तरिक बुद्धिस्ट सर्किट बनाउने विषयमा समेत सोही दिन छलफलको कार्यक्रम राखिएको छ ।

त्यस्तै विश्वशान्तिको क्षेत्रमा योगदान पु¥याउने व्यक्तिलाई अन्तर्रा्ष्ट्रिय शान्ति अवार्डबाट सम्मानित गर्ने कार्यक्रम पनि राखिएको छ ।
अन्तिममा लुम्बिनी घोषणापत्र जारी गरी त्यसको कार्यान्वयनका लागि अन्तर्रा्ष्ट्रिय संयन्त्र निर्माण गरेर कार्यक्रम समापन गर्ने तालिका छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ