मजदुरको अधिकार नखोस्न क्रान्तिकारी ट्रेड युनियन महासंघको चेतावनी

मजदुरको अधिकार नखोस्न क्रान्तिकारी ट्रेड युनियन महासंघको चेतावनी

  • बिहिबार, जेष्ठ ६, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

काठमाण्डौ ,६ जेठ ।

अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले मजदुरमाथि अनावश्यक आर्थिक जरिवाना गर्न परिमार्जन गरेको यातायात नियमावली तत्काल खारेज गर्न माग गरेको छ ।

हायर एण्ड फाएर , नो वर्क नो पे , ठेकेदारी प्रथा र ज्यालादारी करार प्रथा जस्ता घोषित श्रम ऐन मजदुर बिरोधी भएको भन्दै महासंघले बिरोध गरेको छ ।

महासंघका अध्यक्ष योगेन्द्र कुमालले आज बिज्ञप्ती जारी गरी अहिले राज्यले लगाएको यातायात नियमावली मजदुरको हितमा नभएको भन्दै बिरोध गर्नुभएको छ ।

सो नियमावलीप्रति आफ्नो संगठनको गम्भिर ध्यानाकर्ष भएको भन्दै कुमालले पहिलेको भन्दा दोब्बर रकम कार्वाहिको सन्र्दभमा बृद्धि गरिएको भन्दै तत्काल खारेज नगरे आन्दोलनमा उत्रने चेतावनी दिनुभएको छ । राज्यले मुल्यबृद्धिका अनुपातमा बढाएको तलब स्केल पनि लागु नगरेको उहाले बताउनु भयो ।

यातायात मजदुरमा दक्ष योग्य मजदुर बनाउने तथा बाटो वा सडकलाई ब्यवस्थित गरेर कानुन बमोजिम मजदुरलाई सुरक्षाको पव्रत्याभुती गर्नुपर्नेमा उल्टै दण्ड सजायमा बृद्धि गरि बिभिन्न किसिमका आरोप लगाएर मजदुर माथि अनावश्यक रुपमा आर्थिक जरिवाना गर्ने जस्ता कामहरु राज्यका तर्फबाट भईरहेकोले यसको घोर बिरोध गर्छौ ,बिज्ञप्तीमा भनिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ