काठमाडौँ, ६ जेठ ।
अन्तराष्ट्रिय बौद्ध सम्मेलन आजदेखि राजधानीमा सुरु हुदै छ । सिद्धार्थ गौतम बुद्धको जन्मस्थान र बौद्ध दर्शनका विषयमा फैलाइएका भ्रम चिर्ने लक्ष्यसहित सुरु हुन लागेको सम्मेलनको प्रधानमन्त्री केपि शर्मा ओलीले उद्घाटन गर्नुहुनेछ ।
सम्मेलनमा सहभागी हुन विश्वका २८ देशका सरकारी प्रतिनिधि, धर्मगुरु, भिक्षु तथा भिक्षुणी र बौद्ध दर्शनका ज्ञाता गरी चार सयको सङ्ख्यामा आगन्तुक काठमाण्डौ आईसकेका छन् ।
‘लुम्बिनी ः भगवान् बुद्धको जन्मस्थान र बौद्ध दर्शनको उद्गम भूमि’ भन्ने आशयसहित विश्वका दुई दर्जन देशका बौद्ध धर्मावलम्बी नेपाल आईसेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेलले बताउनु भयो ।
दुई दिन राजधानीमा सञ्चालन हुने सम्मेलनमा बुद्धसँग सम्बन्धित विभिन्न १९ वटा कार्यपत्र प्रस्तुत हुने मन्त्री पोखरेलले जानकारी दिनुभयो ।
सम्मेलनमा भारत, चीन, श्रीलङ्का, बङ्गलादेश, दक्षिण कोरिया, जापानलगायत विभिन्न २८ देशका बौद्ध दर्शनका ज्ञाताले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ । कार्यपत्र प्रस्तुत गर्ने काम शुक्रबारसम्म रहनेछ ।
सम्मेलनले बुद्ध दर्शनसहित लुम्बिनीलाई विश्व शान्तिको स्थानका रूपमा स्थापित गर्ने अपेक्षा सरकारले लिएको छ ।
बुद्ध नेपालमा जन्मिएका मात्र होइनन् कर्मथलो पनि नेपालमै हो भन्ने जानकारी सम्मेलनले दिने र नेपाललाई बौद्ध दर्शनको प्राज्ञिक केन्द्रको रूपमा समेत विकास गर्न सम्मेलन सहयोगी हुने उहाँले बताउनु भयो ।
ल्ुम्बिनीका अतिरिक्त तिलौराकोट, देवदह, रामग्रामको समेत विकास गरी धार्मिक पर्यटकीय स्थलका रूपमा चिनाउने लक्ष्यमा समेत सम्मेलन उपयोगी हुने मन्त्री पोखरेलको भनाई छ ।
यस्तै , काठमाण्डौको दुई दिने बौद्ध सम्मेलन सकेपछि २५६०औँ बुद्धजयन्तीका अवसरमा सरकारले लुम्बिनीमा जेठ ८ गते बृहत् कार्यक्रम आयोजना गर्ने छ । सम्मेलनका सहभागीसमेत उक्त कार्यक्रमका लागि लुम्बिनीमा जम्मा हुनेछन् ।
लुम्बिनीसँगै तिलौराकोट, देवदह र रामग्रामलाई आन्तरिक बुद्धिस्ट सर्किट बनाउने विषयमा समेत सोही दिन छलफलको कार्यक्रम राखिएको छ ।
त्यस्तै विश्वशान्तिको क्षेत्रमा योगदान पु¥याउने व्यक्तिलाई अन्तर्रा्ष्ट्रिय शान्ति अवार्डबाट सम्मानित गर्ने कार्यक्रम पनि राखिएको छ ।
अन्तिममा लुम्बिनी घोषणापत्र जारी गरी त्यसको कार्यान्वयनका लागि अन्तर्रा्ष्ट्रिय संयन्त्र निर्माण गरेर कार्यक्रम समापन गर्ने तालिका छ ।