फेसन आइकन २०१६’का प्रतियोगीहरुको प्रतिभा प्रस्तुत जारी

फेसन आइकन २०१६’का प्रतियोगीहरुको प्रतिभा प्रस्तुत जारी

  • बुधबार, जेष्ठ ५, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

काठमाडौ जेष्ठ ५ । आगामी शनिबार अर्थात जेठ ८ गते राजधानीमा आयोजना हुने महिला तथा पुरुषहरुको सौदर्य प्रतियोगीता ‘नेपाल फेसन आइकन २०१६’का प्रतियोगीहरुले आफुमा रहेको प्रतिभा प्रस्तुत गरेका छन् । मोडलिङ संस्था रनवे नेपालको आयोजना रहेको प्रतियोगिताको ट्यालेण्ट राउण्ड अन्र्तगत उनीहरुले ट्यालेन्ट उपाधिका लागि आ–आप्mनो प्रतिभा देखाएका हुन् ।
अन्तराष्ट्रिय मोडलिङका बिभिन्न माध्यममा नेपालको प्रतिनिधित्व गराउन उत्कृष्ट मोडल खोज्ने उद्देश्य रहेको प्रतियोगिताको सबै प्रतिस्पर्धी युवा युवतीले नया“ बानेश्वेर स्थित सेल्फडेभलपमेन्टमा आइतबार आयोजित ट्यालेण्ट शोमा आपूm भित्र लुकेको प्रतिभा प्रदर्शन गरेका हुन् ।

सहभागी प्रतियोगीले लोक तथा आधुनिक नृत्य, गायन प्रतिभा, अभिनय, वक्तृत्वकला, उद्घोषण, चित्रकलालगायत विभिन्न बिधामा आफुमा रहेको प्रतिभा देखाएर निर्णायकको मन जित्ने प्रयास गरेका हुन् । अभिनेता तथा मोडल प्रवेश गिरी , अन्तराष्ट्रिय मोडल दिपक घिमिरे, ‘रन वे मोडल २०१५’ बिजेता अनिस तामाङ, ‘मिष्टर नेपाल २०१६’ गणेश अग्रवाललगायत ट्यालेन्ट शोका निणार्यकमा रहेका थिए ।
बिभिन्न चरणको अडिसनबाट छानिएका २० युवा तथा २० युवती प्रतियोगीताको फाइनलमा उत्रिने तयारीमा छन् । ब्यक्तित्व बिकाश, रन वे नलेज , सेल्फ ड्रेस अप, फोटो सुट ,सेलिब्रेटी गेष्ट क्लास (अभिनेता , अभिनेत्री तथ्ाँ मोडल ,मिडियो पर्सनबाट),पब्लीक स्पिकिङ, अन्र्तबार्ता, फोटो सेसनलगायतका विषयका बिभिन्न प्रशिक्षणबाट सबै प्रतियोगी अन्तिम स्पर्धाका लागी खारिएको रन वे नेपालकी सिइयो चाँदनी लामीछानेले जानकारी दिइन् ।
राजधानीको नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा अन्तिम स्पर्धा आयोजना हुने प्रतियोगीतामा बिभिन्न दर्जन बिधामा बिजेता घोषणा गरिनेछ । प्रतियोगीताको शिर्ष बिजेताले चलचित्र ,म्युजिक भिडियो अभिनय अफरका साथै स्वदेश तथा बिदेशमा आयोजना हुने बिभिन्न फेसन तथा मोडलिङ कार्यक्रममा सहभागीताको अवसर प्राप्त गर्नेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी