सौन्दर्य मात्र होइन, प्रतिभाको प्रतिस्पर्धा: ‘मिसेस पुर्बेली आईकन’को ट्यालेन्ट राउण्ड सम्पन्न

सौन्दर्य मात्र होइन, प्रतिभाको प्रतिस्पर्धा: ‘मिसेस पुर्बेली आईकन’को ट्यालेन्ट राउण्ड सम्पन्न

  • शुक्रबार, अशोज १०, २०८२
  • मिर्मिरे अनलाइन

  • 4.3K
    SHARES

इटहरी/ विवाहित महिलाहरूलाई प्रतिभा र सौन्दर्यसँगै सशक्तीकरणको प्लेटफर्म दिने उद्देश्यले सुरु गरिएको ‘मिसेस पुर्बेली आईकन’ दोस्रो संस्करणको बुधबार इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा ट्यालेन्ट राउण्ड सम्पन्न भएको छ । फाइनलमा प्रवेश गरेका ११ प्रतिस्पर्धीले आ–आफ्नो कला प्रस्तुत गर्दै दर्शक र निर्णायकलाई प्रभावित पारे ।

प्रतिष्पर्धी सीमा लकान्द्रि, समिता राई, अर्चना सिटौला र सिता पुरीले नृत्य प्रस्तुत गरे भने रइशा चौधरीले थारु नृत्य प्रस्तुत गरिन् । परिना राईले ‘आमा’ शीर्षकको कविता वाचन गरिन् भने उर्मिला मगरले जेनजी आन्दोलनका क्रममा मारिएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्ने कविता प्रस्तुत गरिन् ।

यस्तै मेघा खड्काले राष्ट्रिय गीतमा नृत्य गरिन् भने कविना पोख्रेलले गायन कला प्रस्तुत गरिन् । सृजना लिम्बूले जोक्स प्रस्तुत गरिन् भने आयोशा कुँवरले विभिन्न परिकार बनाएर आफ्नो कला देखाइन् । कार्यक्रमको अन्त्यतिर निर्णायक गायिका गंगा गौतमले आफ्नै गीत प्रस्तुत गरेर प्रतिस्पर्धीहरूलाई झुमाएकी थिइन् ।

निर्णायक मण्डलमा डान्स कोरियोग्राफर वसन्त बस्नेत, ओपन स्पेस प्रालिकी सिइओ सजिना श्रेष्ठ, इटहरी जेसिसका पूर्व अध्यक्ष योगेन्द्र पौडेल र गायिका गंगा गौतम रहेका थिए । ओपन स्पेस प्रालीको आयोजनामा भइरहेको प्रतियोगिताको कोरियोग्राफर शुभेक्षा कार्की हुन् ।

निर्देशक सरोज श्रेष्ठका अनुसार, फाइनलिस्टहरूलाई सौन्दर्यता, ज्ञानवर्धन र र्याम्प वाकसम्बन्धी तालिम दिइँदैछ । आयोजकले प्रतियोगितालाई सौन्दर्य प्रदर्शन मात्र नभई महिला सशक्तीकरणको एउटा महत्वपूर्ण माध्यमको रूपमा अघि बढाउन खोजिएको बताए । ‘मिसेस पुर्बेली आईकन’ दोस्रो संस्करणको ग्राण्ड फिनाले यही असोज २५ गते इटहरीमै हुनेछ । विजेताले १ लाख रुपैयाँ बराबरका विभिन्न पुरस्कार प्राप्त गर्नेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी