युरोपियन क्लव फुटबलको दोस्रो ठुलो प्रतियोगितामा सेभिया र लिभरपुल भिड्दै

युरोपियन क्लव फुटबलको दोस्रो ठुलो प्रतियोगितामा सेभिया र लिभरपुल भिड्दै

  • बुधबार, जेष्ठ ५, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाण्डौ ५ जेठ

युरोपियन क्लव फुटबलको दोस्रो ठुलो प्रतियोगितामा युरोपा लिगको उपाधिका लागि आज राती सेभिया र लिभरपुल भिड्दै छन् ।

इङ्गलिश क्लव लिभरपुल र स्पेनको सेभियाबीचको खेल स्वीट्जरल्याण्डको बाजलमा राती साढे १२ वजे सुरु हुनेछ ।जारी सिजनको घरेलु फुटबलमा खासै जम्न नसकेका लिभरपुल र सेभियाले युरोपको दोस्रो ठुलो प्रतियोगिता युरोप लिगमा भने शानदार प्रदर्शन गरिरहेका छन् ।

सेमिफाईनलमा स्पेनको भिल्लारियाललाई हराउँदै लिभरपुल तथा युक्रेनको शख्तरलाई हराउँदै सेभिया फाईनलमा पुगेका हुन् । सेभिया लगातार तेस्रो पटक युरोपा लिग जित्ने अभियानमा छ भने लिभरपुल पनि यो प्रतियोगिता जित्दै नयाँ प्रशिक्षक योर्गेन क्लोपको नेतृत्वमा पहिलो सिजनमै उपाधि उचाल्ने अभियानमा छ ।

यी दुवै टोलीले आ आफनो देशको घरेलु लिगमा खराब प्रदर्शन गरेकोले अर्को सिजनको च्याम्पियन्स लिग फुटबलमा छनौट हुन पनि दुवै टोलीलाई यो खेल जित्नैपर्ने दबाब छ । युरोपा लिगको च्याम्पियन टोली अर्को सिजनको च्याम्पियन्स लिगमा छनौट हुने व्यवस्था छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ