काठमाडौ ५ वैशाख ।
सिरहाको लहानमा तीन वटा मोटरसाइकल आपसमा ठोक्किँदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा अर्का एकजना गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा लहानका ४५ वर्षीय नुजा सदाय, असनपुर–७ का ३५ वर्षीय राम आशिष पासवान, गोलबजारका १८ वर्षीय विवश सिंह र सप्तरी बरमपुर–३ का ५५ वर्षीय लक्ष्मण राम रहेका छन् ।
स ३ प १६० नम्बरको मोटारसाइकलले स ३ प ९२०८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएर दुर्घटना भएको अवस्थामा स १ प ६७ नम्बरको अर्को मोटरसाइकल आएर ठोक्किएको थियो ।
दुर्घटनामा परी गम्भीर घाइते भएका सिरहा बेलकुवा–४ का ३५ वर्षीय सर्बेस गोसामीको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline