काठमाण्डौ, ४ जेठ ।
नेपाली काग्रेसकी कोषाध्यक्ष सीतादेवी यादवले संघीय गठबन्धनले सुरु राजधानी केन्द्रित आन्दोलनमा आफ्नो पार्टीको समर्थन रहेको बताउनुभएको छ ।
रिपोर्टर्स क्लबले आज राजधानीमा आयोजना गरेको साक्षात्कारमा उहाँले मधेससहित आदिवासी जनजातिले उठाएको मुद्दा जायज भएको बताउनुभयो । नेपाली जनताले अधिकारका लागि गर्ने हरेक आन्दोलनमा काग्रेसको समर्थन रहने उहाँको भनाई छ ।
यादवले झापादेखि कञ्चनपुरसम्म मधेसमा दुई प्रदेश हुनुपर्ने धारणा राख्दै मधेसी मोर्चाले अगाडि सारेका सबै मागमा आफ्नो समर्थन रहेको समेत बताउनुभयो ।
उहाँले आन्दोलनकारीलाई वार्तामा बोलाउने तर वार्ता नगर्ने काम सरकार टिकाउने खेल भएको भन्दै सरकार समस्या बल्झाउन लागि परेको दाबी समेत गर्नुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline