गठबन्धनको बालुवाटार घेराउ शान्तिपुर्ण , भोली बिरोध सभा गर्ने

गठबन्धनको बालुवाटार घेराउ शान्तिपुर्ण , भोली बिरोध सभा गर्ने

  • मङ्लबार, जेष्ठ ४, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाडौ ,४ जेठ ।

संविधान पुनःलेखनको माग गर्दै राजधानी केन्द्रित आन्दोलन सुरु गरेको संघिय गठबन्धनले आज दिनभर बालुवाटार घेराउ गर्यो । आज बिहान १० बजेदेखि सुरु भएको घेराउ साँझ ५ बजेसम्म जारी राखेको थियो ।

दुई दिनसम्म सिंहदरबार घेराउका क्रममा राजधानीको ट्राफिक व्यवस्था अस्तव्यस्त बनेपछि जनताको सहजताका लागी भन्दै गठबन्धनले आज प्रधानमन्त्री निवास बालुवाटार घेराउ गरेको हो ।

यसैविच आन्दोलनको कार्यक्रम अन्तर्गत भोली दिउँसो २ बजे राजधानीको शान्तिबाटिकामा विरोध सभा गरिने गठबन्धनका प्रवक्ता पर्शुराम तामाङले रेडियो मिर्मिरेलाई जानकारी दिनुभयो । भोलीको विरोध सभाले नै आगामी आनन्दोलनका कार्यक्रम तय गर्ने उहाँले बताउनुभयो ।

यसअघि प्रदर्शनका क्रममा आज पनि गठबन्धनका कार्यकर्ता र प्रहरीबीच झडप भयो । झडपका क्रममा प्रहरीले लाठीचार्ज गर्दा सो क्षेत्र केहिवेर झडप भएको थियो । यद्धपी झडपमा कसैलाई चोट पटक नलागेको जनाईएको छ ।

भाटभटेनीदेखि झाँकीसहित सुरु भएको ¥याली प्रधानमन्त्रीको निवास अगाडि बढे पछि सुरक्षाकर्मीहरुले राष्ट्रबैंक चोक नपुग्दै रोकेका थिए । प्रदर्शनलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले सुरक्षा ब्यवस्था कडा पार्नुका साथै बालुवाटार क्षेत्रलाई प्रहरीले चार स्थानबाट घेरा हालेको थियो ।

यस्तै पूर्वी गेट तर्फ पनि बिहानैदेखि उल्लेख्य संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । गठबन्धनले आइतबार र सोमबार सिंहदरबार घेराउ गरेको थियो ।

यसैबीच, गठबन्धनको आन्दोलनलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रधानमन्त्री निवास बालुवाटार आसपास निशेधित क्षेत्र घोषणा गरेको थियो । सो रुट भएर चल्ने सवारी साधनलाई पनि अन्यत्रैबाट आवतजावतको ब्यावस्था मिलाईएको हाम्रा सहकर्मिले जनाएका छन् ।

मधेश केन्द्रित आन्दोलनका क्रममा ६ महिनासम्म सिमानाका ठप्प पारेको मोर्चाले विभिन्न जातिय दल तथा संगठनलाई समेत साथमा लिएर केही दिनदेखि राजधानी केन्द्रित आन्दोलन सुरु जारी राखेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ