बैंग्लोरद्धारा कोलकाता ९ विकेटले पारजित

बैंग्लोरद्धारा कोलकाता ९ विकेटले पारजित

  • मङ्लबार, जेष्ठ ४, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमाडौ ,४ जेठ ।
इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेट अन्तरगत गएराति सम्पन्न खेलमा कोलकाता नाइट राइडर्र्स रोयल च्यालेन्जर्स बैंग्लोरसँग ९ विकेटले पारजित भएको छ ।

बैंग्लोरमा भएको खेलमा कोलकाताले प्रस्तुत गरेको एक सय ८४ रनको लक्ष्य बैंग्लोरले १८ दशमलव ४ ओभरमा एक विकेट गुमाएर पूरा गर्यो ।

बैंग्लोरका कप्तान विराट कोहलीले ५१ बलमा नटआउट ७५, एबी डी भिल्यिर्सले ३१ बलमा नटआउट ५९ तथा क्रिस गेलले ३१ बलमा ४९ रन बनाए ।

कोलकाताका सुनिल नरिनले एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको कोलकाताले पूरै ओभर खेलेर पाँच विकेटको क्षतिमा एक सय ८३ रन बनायो ।

कोलकाताका लागि कप्तान गौतम गाम्भीरले ५१, मनिष पाण्डेयले ५० तथा आन्द्रे रुसेलले नटआउट ३९ रन बनाएपनि हार टार्न सकेनन् ।

बैंग्लोरका श्रीनाथ अरविन्दले दुई विकेट लिए । १२ खेलबाट १६ अंक जोडेको कोलकाता दोस्रो तथा १२ खेलबाट १२ अंक जोडेको बैंग्लोर पाँचौं स्थानमा छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी