गठबन्धनको आन्दोलनका कारण बालुवाटारमा निषेधित क्षेत्र घोषणा

गठबन्धनको आन्दोलनका कारण बालुवाटारमा निषेधित क्षेत्र घोषणा

  • मङ्लबार, जेष्ठ ४, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

काठमाडौ ,४ जेठ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै प्रधानमन्त्री निवास बालुवाटार आसपासका महत्वपूर्ण स्थानमा निषेधित क्षेत्र घोषणा गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारदेखि दक्षिणतर्फ इटालियन चोक र उत्तरतर्फ पवित्र वर्कशपसम्म, सभामुखको निवासदेखि पश्चिम दक्षिणतर्फ गैरीधारा जाने बाटोको एक सय मिटरसम्मको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको प्रमुख जिल्ला अधिकारी रामकृष्ण सुवेदीले जानकारी दिनुभयो ।

यस्तै प्रधानन्यायाधीशको निवास बालुवाटारदेखि पश्चिम लाजिम्पाटसम्म एक सय मिटर र नेपाल राष्ट्र बैंक वालुवाटार चोकदेखि पूर्व एक सय मिटरसम्म निषेधित क्षेत्रमा अर्को आदेश नआएसम्मका लागि निषेधित क्षेत्र तोकिएको गरेको प्रशासन कार्यलयले जनाएको छ ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) बमोजिम निषेधित क्षेत्र तोकिएको र उल्लेखित सूचनाको अवज्ञा गर्दै कसैले कुनै कार्य गरेमा कानुन बमोजिम कारबाही हुने प्रमुख जिल्ला अधिकारी सुवेदीले बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ