कालीनदीमा बेपत्ता भएका कुँवरको शव फेला

कालीनदीमा बेपत्ता भएका कुँवरको शव फेला

  • मङ्लबार, जेष्ठ ४, २०७३
  • मिर्मिरे अनलाइन

  • 10.7K
    SHARES

पाल्पा,४ वैशाख ।

पौडी खेल्ने क्रममा कालीनदीमा बेपत्ता भएका तानसेन–११ प्रभासका १८ वर्षका सुदर्शन कुँवरको शव आज बिहान फेला परेको छ ।
पाल्पाको रानीघाट दरबार घुम्न गएका बेला सोमबार दिउँसो २ बजेतिर कुँवर पौडी खेल्दाखेल्दै नदीमा बेपत्ता भएका थिए ।

पौडी खेलेको स्थानभन्दा एक सय मिटर टाढा कुँवरको शब भेटिएको अस्थायी प्रहरी चौकी रानीमहलका प्रहरी हबल्दार डिल्ली भट्टराईले बताउनु भयो ।

त्रिभुवन बहुमुखि क्याम्पस पाल्पामा बिएससीमा अध्ययनरत कुँवर पाँच जना साथीसँग रानीमहल घुम्न गएका थिए । कुँवरसँगै चार जना नदीमा पौडी खेल्न गएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ