भ्रष्ट्रचारी प्रहरीलाई तह लगाउन धरान प्रहरीलाई चुनौती

भ्रष्ट्रचारी प्रहरीलाई तह लगाउन धरान प्रहरीलाई चुनौती

  • सोमवार, जेष्ठ ३, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

जेष्ठ ३ धरान । नागरिक र प्रहरी नमिलेसम्म अपराध नियन्त्रण नहुने धरानमा आयोजित एक कार्यक्रमका सहभागीहरुले बताएका छन् ।
सुनसरी उद्योग वाणिज्य संघ धरानको सभाहलमा अञ्चल प्रहरी कार्यालय धरानको आयोजनामा भएको अपराध नियन्त्रण तथा अनुसन्धान कार्यमा नागरिक र प्रहरीको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् ।
प्रहरी अतिरिक्त महानिरीक्षक तथा प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धन विभागका प्रमुख विज्ञानराज शर्माको उपस्थितिमा भएको सो कार्यक्रममा नागरिकहरुले अपराधीलाई संरक्षण गरेको, राजनीतिक आडमा दोषीले सजाय पाउन नसकेको, भ्रष्टाचारमा केही प्रहरीहरु सलग्न रहेको, आफनो पदनोन्तिका लागि व्रिफकेशमा रकम लिएर राजनीतिक दलका नेताहरु समक्ष पुगेको तथा राजनीतिक दलमा शुद्धता नआएसम्म अपराध नियन्त्रण नहुनुका साथै प्रहरीले समेत राम्रो संग अनुसन्धान गर्न नसक्ने बताएका थिए ।

उनीहरुले यस्ता गतिविधिलाई निरुत्साहित पार्न नागरिक र प्रहरी एक ठाउमा उभिनुपर्नेमा जोड दिए ।
उनीहरुले प्रहरीभित्रबाट अपराधीको विषयमा जानकारी दिदा सूचना चुहावट हुने अत्यन्तै गम्भीर प्रवृत्ति मौलाएको पनि प्रहरी अतिरिक्त महानिरीक्षक शर्मा समक्ष गुनासो गरेका थिए ।
व्यापारी, व्यवसायी, उद्योगी, कर्मचारी, राजनीतिक दलका नेता, सर्वसाधारणको उल्लेख्य उपस्थितिमा भएकोसो अन्तरक्रिया कार्यक्रममा नेपालमा लोकतन्त्र स्थापनापश्चात जनताले जुन प्रकारको अपेक्षा राखेका थिए त्यो हुन नसकेको गुनासो समेत गरेका थिए ।

सर्वसाधारणको सम्पूर्ण गुनासो सुनिसकेपछि प्रहरी अतिरिक्त महानिरीक्षक शर्माले प्रहरीलाई भ्रष्ट बनाउने, मनोबल गिराउने काम नै सर्वसाधारणले गरेको बताउनु भयो ।
उहाले २०४८ सालमा नेपालमा प्रजातन्त्र स्थापनापश्चात नेपाल प्रहरी पनि लोकतान्त्रिक बनेको बताउदै ०६२÷०६३ का लोकतन्त्रपश्चात प्रहरीले नागरिकसग समन्वय गरेर शान्ति सुरक्षाको कामलाई अगाडि बढाइएको बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ