एकतामा नगए बैद्यको बाबुरामकै गती हुने गुरुङको चेतावनी

एकतामा नगए बैद्यको बाबुरामकै गती हुने गुरुङको चेतावनी

  • सोमवार, जेष्ठ ३, २०७३
  • मिर्मिरे अनलाइन

  • 16.3K
    SHARES

काठमाण्डौ ,३ जेठ ।

नेकपा क्रान्तिकारी माओवादीका नेता देब गुरुङ्गले अध्यक्ष मोहन बैद्यले आफ्नो हठ नत्यागे बाबुरामकै जस्तो गती हुने चेतावनी दिएका छन् ।

रफत सञ्चार क्लबले आयोजना गरेको साक्क्षत्कारमा बोल्दै गुरुङले आफ्नो हठ त्यागेर पार्टी एकता नगरे बाबुरामको जस्तै गती हुने चेतावनी दिएका हुन् ।

कम्युनिष्ट धार र राष्ट्रियताको बिषयलाई छाडे बाबुरामकै स्थानमा पुग्ने भन्दै उहाले छिट्टै हुन लागेको बिभिन्न माओबादी पार्टी एकिकरणमा बैद्य माओबादी तत्काल नआएता पनि अन्तत अन्य बिकल्प नभएपछि आफै एकिकरणमा आउने दाबी गर्नुभयो ।
१३ बँुदे प्रस्ताबका आधारमा एमाओबादी अध्यक्ष प्रचण्डसँग नयाँ कार्यंदिशा तर्फ अग्रसरता हुने सहमती सहित आफुहरु एकतामा जान लागेको भन्दै गुरुङले पदियताको सवालमा कुनै छलफल नभएको बताउनु भयो ।

उहाँले मधेश आन्दोलनका जायज मागलाई सम्बोधन गर्नु पर्ने भन्दै मधेश आन्दोलनका नेताहरुले लैनचौर र दिल्लीका गतिबिधिलाई आत्मसाथ गरेर सिंसदरबारमा गरेको आन्दोलन गलत भएको टिप्पडी गर्नुभयो ।

साम्राज्यबादी र बिस्तारबादी बिदेशी शक्तिहरुको प्रत्यक्ष हस्तक्षेप रहेको औंल्याउदै नेपालका ब्यवस्थापिका, न्यायपालिका र कार्यपालिकामा आफ्ना एजेन्टहरुद्वारा हरेक क्रियाकलाप सञ्चालनमा सक्षम रहेका बिदेशीहरुबाटै नेपालका हरेका गतिबिधि सञ्चालन गरिरहेकाले नेपाल नव उपनिबेश भएको र यसले नेपाललाई सिक्किमीकरण र अफगानिस्तानको बाटो तर्फ लगिरहेको उहाँको भनाई छ ।

दक्षिण र उत्तर तर्फ दुबै छिमेकी देशहरुसँग कुटनीतिक सम्बन्ध सफल पार्न नसक्नुको पछि पनि बिदेशीहरुकै हस्तक्षेप रहेको भन्दै उहाँले उत्तर तर्फका नाकाहरुको बिस्तारमा अबरोध देखिनु कुनै नौलो बिषय नभएको बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ