मदनभण्डारी स्मृती गोल्डकपको उपाधिका लागि आज आर्मी र मदन भण्डारी स्मृती प्रतिष्ठान भिड्ने

मदनभण्डारी स्मृती गोल्डकपको उपाधिका लागि आज आर्मी र मदन भण्डारी स्मृती प्रतिष्ठान भिड्ने

  • सोमवार, जेष्ठ ३, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

काठमाडौ ३ जेठ ।  

मोरङको उर्लाबारीमा जारी पाँचौ मदनभण्डारी स्मृती गोल्डकपको उपाधिका लागी आज बिभागीय टोली नेपाल आर्मी र आयोजक मदन भण्डारी स्मृती प्रतिष्ठानबिच प्रतिस्पर्धा हुँदैछ ।

खेल मंगलबारेस्थित प्रस्तावित सालबारी रंगशालामा अपरान्ह ३ बजेपछि सुरु हुनेछ । आयोजक टिमले पहिलो सेमिफाईनल खेलमा सशस्त्र प्रहरीको एपीएफलाई पराजित गर्दै फाईनल प्रवेश गरेको हो भने आर्मी फ्यान्स क्लब भुटानलाई हराउदै उपाधि नजिक पुगेको हो ।

आजको खेलमा आयोजकले झापा–११ का अधिकांश खेलाडीहरुलाई मैदानमा उतार्दैैछ । दोश्रो सेमिफाईनलमा रातो कार्ड पाएका आर्मीका कप्तान भरत खवासको अभावले आर्मी भने केही दबाब हुनेछ ।

प्रतियोगिताको विजेताले नगद २ लाख २ हजार तथा उपविजेताले १ लाख १ हजार सहित ट्रफी र मेडल प्राप्त गर्नेछन् । गत बैशाख २७ गते सुरु प्रतियोगीतामा ८ टोली सहभागी थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ