काठमाण्डौ ,३ जेठ ।
राजधानी केन्द्रित आन्दोलन सुरु गरेको संघिय गठबन्धनले आज दोस्रो दिन पनि सिंहदरबार घेराउ गर्दै छ ।
संविधान पुनर्लेखन गर्नुपर्ने लगायत २६ बुदे माग राखि सुरु गरेको घेराउ कार्यक्रम आज पनि बिहान ९ बजेदेखि सुरु हुने गठबन्धनका प्रवत्ता पर्शुराम तामाङले जानकारी दिनुभयो ।
आज पनि माइतिघर मण्डला र अनामनगरको हनुमानथानमा शान्तिपूर्ण धर्ना दिइने उहाले बताउनु भयो ।
आन्दोलनलाई शान्तिपूर्ण बनाउन आन्दोलनरत मधेशी मोर्चा र विभिन्न जनजाति दल आवद्ध गठबन्धनका नेता कार्यकर्ता परिचालीत हुने तामाङले बताउनु भयो ।
माईतिघरमा रहेका धर्नाकारीले हिजो निशेधीत क्षेत्र तोड्न खोज्दा सामान्य झडप समेत भएको थियो ।
नेपाल भारत सीमानाकामा ५ महिना लामो धर्ना बसेका मधेशी दलले जनजाती दललाई समेत समेटेर शनिवारदेखि राजधानी केन्द्रित आन्दोलन सुरु गरेका हुन् ।
गठबन्धनको आन्दोलनलाई मध्यनजर गर्दै उपत्यकामा सुरक्षा निगरानि बढाउनुका साथै यातायातका साधनमा समेत चेकिङ बढाईएको छ ।