काठमाण्डौ ,२ जेठ । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिले संघीय गठवन्धनको आन्दोलनलाई समर्थन गरेको छ ।
मधेसी मोर्चासहितको गठवन्धनले आज सिंहदरवार घेराउ शुरु गरे पछि पूर्व प्रधानमन्त्री समेत रहेका नयाँ शक्तिका संयोजक भट्टराईले आज विज्ञप्ति जारी गरि पहिचान र अधिकारको सवालमा मधेसी र जनजाति समुदायले उठाएका मागहरु जायज भएको भन्दै समर्थन गर्नु भएको हो ।
सयोजक भट्टराईद्धारा जारी विज्ञप्तिमा भनिएको छ, आन्दानेलनरत समुदायको जायज मागप्रति नयाँ शक्ति नेपाल समर्थन गर्छ, साथै उनीहरुको आन्दोलनप्रति ऐक्यवद्धता समेत प्रकट गरेको छ ।’
संविधान जारी भएको लामो समय हुँदा पनि उत्पीडित जनताले संविधानलाई आत्मसाथ गर्न नसक्नु र सहज ढंगले संविधान कार्यान्वयन हुन नसक्नु दुःख भएको नयाँ शक्तिले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline