बनेपा, २ जेठ।
काभ्रेपलाञ्चोकको धुलिखेलमा आजबाट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियुको प्रथम विस्तारित बैठकसुरु भएको छ ।
बैठकको उद्घाटन गर्दै नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले सरकारको वर्तमान समीकरण भत्काएर मुलुकमा अस्थिरता र अराजकता ल्याउएर सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन हुन नदिन अनेक षडयन्त्र भएको बताउनुभयो ।
उहाँले स्थानीय, प्रादेशिक र संसदीय निर्वाचन हुन नदिनसमेत कोसिस भएको उल्लेख गर्दै चुनावलाई टार्ने र पर सार्ने कोसिस भएकोले त्यसविरुद्ध विद्यार्थी एकजुट हुन आवश्यक रहेकोमा जोड दिनुभयो ।
महासचिव पोखरेलले मत र मन मिल्ने हिसाबले कार्य्विभाजन गर्न आग्रह गर्दै परिवर्तित परिस्थतिमा शैक्षिक मुद्दाको पुनःसंरचना गरेर अघि बढ्नुपर्ने बताउनु भयो ।
अनेरास्ववियुका अध्यक्ष नवीना लामाले एकमना एकताको पक्षमा बैठक केन्द्रित हुने उल्लेख गर्दै विगतमा भएका कमीकमजोरीको समीक्षा गरेर कार्ययोजना तय हुने बताउनुभयो ।
तीन दिनसम्म चल्ने सो बैठक अनुरास्ववियुको २२ औँ महाधिवेसनपछि पहिलो पटक बस्न लागेको हो ।