काठमाडौं ,२ जेठ ।
सरकार विरोधी काम गरेको भन्दै फिर्ता बोलाएको भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय आज स्वदेश फर्किनुभएको छ ।
उपाध्याय मध्यान्ह नेपाल एयरलाइन्सको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आईपुग्दा नेपाल फिर्ता हुनुको कारणबारे सञ्चारकर्मिहरुको जिज्ञासामा उहाँले यसबारे तत्काल केही बताउन नमिल्ने भन्दै यद्धपी आफुले आफ्नो जिम्मेवारी पुरा गरेको बताउनुभयो ।
आफुलाई स्वदेश फिर्ता बोलाउनुको कारणबारे नेपाल सरकारका साथै परराष्ट्र मन्त्रालयसंग जानकारी लिने उहाँको भनाई छ । राजदूत उपाध्यायको भूमिकाप्रति असन्तुष्टि जनाउँदै सरकारले पन्ध्र दिनभित्र स्वदेश फिर्ताका लागि गत सोमबार पत्र पठाएको थियो ।
कांग्रेसका पूर्व केन्द्रीय सदस्य तथा पूर्वमन्त्रीसमेत रहनुभएका उपाध्यायलाई पूर्वप्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकारले भारतका लागि नेपाली राजदूतमा नियुक्त गरेको थियो ।