काठमाडौ २ जेठ ।
उच्च माध्यामिक शिक्षा परिषद अन्तरगत कक्षा ११ को परीक्षा आजबाट सुरु भएको छ । परीक्षा अन्तरगत आज पहिलो दिन अनिवार्य अंग्रजी विषयको परीक्षा भएको छ ।
आगामी जेठ १२ गतेसम्म सन्चालन हुने परीक्षामा कूल तीन लाख ६९ हजार चार सय २६ जना परीक्षार्थी सहभागी रहेको उच्च माध्यमिक शिक्षा परिषदले जनाएको छ ।
परीक्षामा विभिन्न प्रकारका अपाङ्गता भएका व्यक्ति, कारागार र बाल सुधारगृहमा रहेका परीक्षार्थीलाई पनि परीक्षा दिने व्यवस्था मिलाएको छ ।
वैशाख २० गतेदेखि सुरु भएको कक्षा १२ को परीक्षा भने गत शुक्रबार सकिएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline