स्पेनिस ला लिगाको उपाधि बार्सीलोनालाई

स्पेनिस ला लिगाको उपाधि बार्सीलोनालाई

  • आइतवार, जेष्ठ २, २०७३
  • मिर्मिरे अनलाइन

  • 9.1K
    SHARES

काठमाडौ २ जेठ ।  

स्पेनिस ला लिगाको यो सिजनको उपाधि बार्सीलोनाले जितेको छ । सिजनको अन्तिम खेलमा गएराति राती ग्रानाडालाई ३–० ले पराजित गर्दै बार्सीलोनाले २४ औं पटक लिगको उपाधि आफ्नो कब्जामा पारेको हो ।

खेलमा वार्सीलोनालाई विजयी गराउन लुईस सुवारेजले ह्याट्रिक गरे । प्रमुख प्रतिद्धन्द्धी रियल मडिङडले डेपोर्टीभो ला कोरुनालाई २–० ले पराजित गरेपनि दोस्रो स्थानमा चित्ता बुझाएको छ ।

सबै ३८ खेलको समप्तीमा बार्सिलोनाले रियललाई १ अंकले पछि पार्दै पछिल्ला आठ सिजनमा छैटौं पटक उपाधि हात पारेको हो ।

बार्सिलोनाका लागि तीनै गोल उरुग्वेका फरवार्ड स्वारेजले गरे । योसँगै सिजनमा कुल ४० गोल गरेका सुवारेजले ला लिगामा सर्वाधिक गोलकर्ताको अवार्ड जितेका छन् ।

उता रियलको जीतमा दुवै गोल क्रिष्टीयानो रोनाल्डोले गरेका थिए । बार्सीलोनाले अब स्पेनीस किङ्स कपको फाईनलमा आगामी जेठ ९ गते आईतवार सेभियासँग खेल्नेछ ।

यस्तै रियाल मड्रिडले जेठ १६ गते आईतवार आफ्नै देशको एथ्लेटिको मड्रिडसँग च्याम्पियन्स लिगको फाईनल खेल खेल्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी