काठमाडौ २ जेठ ।
आज बिहान पुनः सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्पको एउटा पराकम्प गएको छ ।
विहान ४ बजेर ३० मिनेटमा सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४ दशमलव ४ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्प धक्का सिन्धुपाल्चोक लगायत आसपासका जिल्लाका साथै काठमाडौ उपत्यकामा समेत महसुस गरिएको थियो ।
गोरखाको बारपाक केन्द्रन्दिु भएर शाक्तिशाली भूकम्प गएको एक वर्ष बितिसक्दा पनि पराकम्प जानेक्रम अझै रोकिको छैन ।
यसअघि हिजो बिहान सिन्धुपाल्चोक नै केन्द्रविन्दु भएर ४ दशमलव ३ रेक्टर स्केलको पराकम्प गएको थियो ।
वैशाख १२ यता हालसम्म ४ रेक्टर स्केल भन्दा माथिका चार सय ५८ वटा भन्दा बढी परकम्प गइसकेको केन्द्रले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline