दैखोलामा वाढीमा परी एक महिला को ज्यान गयो , राजमार्ग अवरुद्धले यात्रुहरु अलपत्र

दैखोलामा वाढीमा परी एक महिला को ज्यान गयो , राजमार्ग अवरुद्धले यात्रुहरु अलपत्र

  • शनिबार, जेष्ठ १, २०७३
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

जेष्ठ १ कालीकोट /कालीकोट र दैखेलको सिमा क्षेत्र दैखोलामा वाढीले वगाउदा एक महिला को ज्यान गएको छ भने एक जना वेपत्ता भएका छन । दैलेख पिपलकोट ४ निवासी ३३ वर्षिय गीता थापा मगरको वाढीमा परी ज्यान गएको छ ।

उनको सव आज विहान १० वजेतिर मात्र गाडीको अवस्थामा भेटिएको उद्धार कार्यमा संलगन प्रहरीले वताएको छ । हिजोसाढे ४ वजे तिर पानी परेसंगै एककाएक आएको वाढीमा परी दैलेख सिगासैन गाविसका रंगे विक वेपत्ता भएका छन । मृतक थापाको भने शव पोष्टमार्टको लागी आज जिल्ला अस्पताल मान्ममा पुर्याइएको छ ।

जिल्ला प्रहरी कार्यलय कालीकोटका डिएसपी किसनसिंह वुडालको नेतृत्वमा खटिएको प्रहरी, मान्म वाट खटिएको नेपाली सेना ,दैखेल राकम वाट पुगेको प्रहरी टोलीले संयुक्त रुपमा उद्धार कार्य गरे्का थिए । उद्धारका क्रममा थापाको शव आज विहान मात्र फेला परेको हो । यस्तै वाढीले कालीकोट जिल्लाको सिमा क्षेत्रका ५ र दैलेख सिमाक्षेत्रका ४ वटा घर तथा पसलहरु भत्काएको छ ।

 त्यसै गरी रोकिराखेको २ वटा ट्याक्टर र एक मोटरसाइकल पनि वाढीले क्षेती पुरयाएको छ ।

भे ५ प ३४६७ नम्वरको मोटरसाइकल, से१ त ४२३३ र ग १ त १४३६ नम्वरको २ ट्याक्टर वाढीले वागाएको प्रहरीले वताएको छ । यसैविच वाढीले वाटो विगारेपछि राजमार्ग भने अवरुद्ध भएको छ । नेपागंज सुर्खेत वाट आउने र जुम्ला कालीकोट वाट जाने यातायातका साधनहरु विच वाटो मै रोकिएका छन ।

वाटो अवरुद्धले गन्तव्यमा पुग्न नसकेका यात्रुहरु भने मर्कामा परेका छन । वाटो खुलाउने प्रयास भइरहेको भएपनि खुचारु हुन केही दिन लाग्ने प्रहरीले वताएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ