काठमाडौं, १ जेठ । नेकपा माओवादीका प्रवक्ता खड्गबहादुर बिश्वकर्मा प्रकाण्डले आफ्नो पार्टीलाई जोडेर माओवादी पार्टीहरुबीचको एकताका बिषयमा अनावश्यक हल्ला फैलाएको भन्दै आपती जनाउनु भएको छ ।
प्रकाण्डले आज विज्ञप्ति जारी गर्दै माओवादीहरुको एकताको नाममा गरिएको गतिविधि र प्रचारवाजी नेपालमा जनवादी क्रान्ति पुरा गरेर वैज्ञानिक समाजवाद स्थापना गर्ने उद्देश्यले नभएर विधेमान दलाल संसदीय व्यवस्थामा पतन भएका गुट उपगुट र झुण्डहरुको गडजोड मात्र भएको विज्ञप्तीमा उल्लेख छ ।
उहॉले बिज्ञप्तिमा राष्ट्रियता माथिको हस्तक्षेप, संसदीय व्यवस्था र त्यसले मौलाएको भ्रष्टाचार कमिसन र कालोबजारीको डरलाग्दो खेल विरुद्ध आफ्नो पार्टीले जेष्ठ ७ गते वेपत्ता योद्धाहरुको स्मृति दिनलाई पारेर विशाल विरोध प्रदर्शन र जन सभा कार्यक्रमको आयोजना गरेको भन्दै पार्टी एकताको नाममा हुने खेलमा नलागेको बताउनु भयो ।