आन्दोलनरत पक्षलाई वार्तामा आउन प्रधानमन्त्रीको आह्वान

आन्दोलनरत पक्षलाई वार्तामा आउन प्रधानमन्त्रीको आह्वान

  • शनिबार, जेष्ठ १, २०७३
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

काठमाण्डौ ,१ जेठ ।

प्रधानमन्त्री केपि शर्मा ओलीले आन्दोलनले समस्याको समाधान नहुने भएकाले वार्ताका माध्यमबाट अघि बढ्न आग्रह गर्नुभएको छ ।

एमाले निकट युवा संघको २६ औ स्थापना दिवशका अवसरका आज राजधानीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले आन्दोलनरत दललाई शान्तिपूर्ण संबादको बाटोबाट अघि बढ्न आग्रह गर्नुभएको हो ।

राष्ट्रियताको ठुलो शत्ति नै एकता भएको भन्दै उहाले राष्ट्रनिर्माणका लागी सबै दलहरु एकताबद्ध भएर अघि बढ्नुको विकल्प नभएकोमा जोड दिनुभयो ।

माग संबोधनका लागी आन्दोलन नभई संबादको आवश्यक्ता रहेको भन्दै प्रधानमन्त्री ओलीले सरकारले जायज मागहरु संबोधन गर्ने दोहोर्याउनु भयो ।

भारतस्थीत नेपाली राजदुतलाई फिर्ता बोलाएको बिषलाई भारतसँगको सम्बन्धसँग जोडेर गलत ढङगले ब्याख्या गरिएको टिप्पडी समेत गर्नुभयो ।

प्रधानमन्त्री ओलीले अर्को प्रसंगमा सरकारले ल्याएको नीति तथा कार्यक्रमले मुलुकको समृद्धि र विकासलाई लक्षित गरेको दाबी गर्नुभएको छ ।

स्थापना दिवस महोत्सवको रुपमा मनाएको युवा संघको कार्यक्रममा हेलिकोम्टरबाट पुष्पबृष्टि गरिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ