सरेबुङ आरोहणका क्रममा अलपत्र परेका १४ जनाको उद्धार

सरेबुङ आरोहणका क्रममा अलपत्र परेका १४ जनाको उद्धार

  • शनिबार, जेष्ठ १, २०७३
  • मिर्मिरे अनलाइन

  • 9.7K
    SHARES

काठमाडौ ,१ जेठ ।
६ हजार ३ सय ४६ मिटर अग्लो सरेबुङ हिमाल आरोहण गरी मनाङ तर्फ आउने क्रममा आँधी हुरीका कारण अलपत्र परेका दुई जर्मन नागरिक सहित २० जना नेपालीको अहिले उद्धार भइरहेको छ ।

हिजोदेखि सारिबुङमा फसेका २० जना मध्ये १४ जनालाई हेलिकप्टरको सहयतामा उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय मनाङका प्रहरी नायव उपरिक्षक जगन्नाथ गौतमले जानकारी दिनुभयो ।

बाँकिको पनि सिम्रिक एयरको दुई वटा हेलिकप्टरको सहयतामा उद्धार कार्य जारी रहेको उहाँले बताउनुभयो । गौतमका अनुसार उद्दार गरिएकालाई मनाङको कु भन्ने गाउँमा ल्याइएको छ ।

सबैको उद्दार गरेपछि सदरमुकाम चाँमेमा ल्याइने उहाँले जानकारी दिनुभयो । प्रिसियस ट्राभल्स एण्ड टुर प्राइभेट लिमिटेड मार्फत हिमाल पदयात्रामा गएका उनीहरु तीब्र गतिमा हावाहुरी चलेर टेण्ड सहित अरु सबै सामान उडाएपछि अलपत्र परेका हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ