प्रथम सताक्षी गोल्डकपको उपाधिका लागि आज पुलिस र रुपन्देही भिड्दै

प्रथम सताक्षी गोल्डकपको उपाधिका लागि आज पुलिस र रुपन्देही भिड्दै

  • शनिबार, जेष्ठ १, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

काठमाडौ १ जेठ । 

झापाको झिलझिलेमा जारी प्रथम सताक्षी गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि आज विभागिय टोली नेपाल पुलिस क्लब र रुपन्देही ११ बीच प्रतिस्पर्धा हुदैछ ।

खेल दिउँसो २ बजेपछि झिलझिलेस्थित गणेशमानसिंह अध्ययन प्रतिष्ठानको खेल मैदानमा हुनेछ । खेलमा दुवै टोली उपाधि आफ्नो पक्षमा पार्ने दाउका साथ मैदान उत्रिदै छन् ।

रुपन्देही ११ ले सेमिफाइनलमा सशस्त्र प्रहरीको एपिएफलाई हराउदै उपाधि यात्रा तय गरेको हो भने पुलिसले आयोजक सताक्षीधाम स्पोर्टिङ क्लबलाई पराजित गर्दै फाइनल पुगेको हो ।

आठ टोली सहभागी प्रतियोगिताको विजेता टोलीले तीन लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ भने उपजेताले एक लाख ५० हजार रुपैयाँ हात पार्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी