काठमाडौं,३१ वैशाख ।
नेपालले नवौं एनएसकेए अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको उपाधि आज हात पारेको छ ।
नेपालले ४० स्वर्ण, २६ रजत र १४ कांस्य जित्यो । दोश्रो भएको भारतले ३ स्वर्ण, ८ रजत र ४० कांस्य हात र्पायो ।
नेपाल सोतोकान कराते संघ एनएसकेएद्वारा आयोजित प्रतियोगितामा नेपालका सुशान्त मोडक र कृषा शेर्पा उत्कृष्ट खेलाडी घोषित भए ।
विजेतालाई सांसद् मोहनबहादुर बस्नेत, आयोजक संघका अध्यक्ष विष्णुबहादुर कार्की र महासचिव एवं प्रमुख प्रशिक्षक श्याम शेर्पालगायतले एक कार्यक्रमबीच पुरस्कार प्रदान गर्नभयो ।
तीनदिने प्रतियोगितामा १ हजार ९८ खेलाडीले प्रतिस्पर्धा गरेको आयोजकले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline