ओली र दाहालबीचको सम्झौता विरुद्ध सर्वोच्चमा दायर रिट खारेज 

ओली र दाहालबीचको सम्झौता विरुद्ध सर्वोच्चमा दायर रिट खारेज 

  • शुक्रबार, बैशाख ३१, २०७३
  • मिर्मिरे अनलाइन

  • 9.1K
    SHARES

काठमाण्डौ, ३० बैशाख । प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओली र एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालबीच भएको नौ बुँदे सम्झौतालाई विरुद्ध सर्वोच्च अदालतमा दायर रिट खारेज भएको छ ।

नौ बुँदे सम्झौता अवैधानिक रहेको दाबीसहित दायर रिट निवेदनलाई सर्वोच्च अदालतले कारण देखाउ आदेशसमेत जारी नगरी कायममुकायम प्रधानन्यायाधीश सुशिला कार्कीको एकल इजलासले उक्त रिटलाई पहिलो सुनुवाईमै खारेज गर्ने निर्णय गरेको हो ।

सम्झौतामा सर्वोच्चका फैसलाविपरित हुने गरी सशस्त्र द्वन्द्वकाल र अन्य समयमा राजनीतिक रुपले लगाइएका मुद्दामा माफी, फिर्ता एवं मिनाहा गर्नेलगायत बिषय समेटिएको दाबीसहित अधिवक्ता अनन्तराज लुईंटेलसहित पाँचजनाले सर्वोच्चमा रिट दायर गरेका थिए ।

प्रधानमन्त्री ओली र एकीकृत माओवादीका अध्यक्ष दाहालविच गत बैशाख २३ गते नौ बुँदे सम्झौता भएको थियो । सर्वोच्चको यो निर्णयपछि सम्झौता कार्यान्वयनमा थप सहज हुने भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ