काठमाडौं,३१ वैशाख ।
व्यवस्थापिका संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुधार सम्बन्धमा विभिन्न ठेक्काको म्याद बढाईएकामा आपत्ति जनाएको छ ।
समितीले छानविन गरेर दोषी कर्मचारीमाथि कारवाही गर्न पर्यटन मन्त्रालयलाई निर्देशन दिएको छ ।
समितिले आज पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेल, सचिव प्रेमकुमार राई लगायतलाई बोलाएर छलफल गरी सम्झौतामा तोकिएको समयसीमा अनुसार काम गर्नुको साटो ठेक्काको म्याद बढाउने तथा भेरियसन समेत परिवर्तन गर्ने काम भइरहेको भन्दै छानविन गरेर दोषी कर्मचारीलाई कारवाही गर्न निर्देशन दिएको हो ।
त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलको सुधार सम्बन्धमा नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गत आधा दर्जनभन्दा बढी काम सुरु गरिएकामा कुनै पनि काम समयमा पूरा हुन सकेका छैनन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline