मोर्चासँग वार्ता गर्न अर्को राजनितिक समिति बनाउन सकिन्छ : थापा

मोर्चासँग वार्ता गर्न अर्को राजनितिक समिति बनाउन सकिन्छ : थापा

  • शुक्रबार, बैशाख ३१, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

बिराटनगर ,३१ वैशाख ।
उपप्रधानमन्त्री तथा स्थानीय विकास मन्त्री कमल थापाले मधेशी मोर्चालाई मान्य हुने समिति गठन गर्न सरकार तयार रहेको बताउनु भएको छ ।

बिराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँगको कुराकानीमा मन्त्री थापाले आफ्नो संयोजकत्वमा रहेको राजनीतिक समितिलाई विघटन गरी अर्को समिति बनाएर अगाडि वढ्न आह्वान समेत गर्नुभयो ।

उहाले आफ्नो लागि संयोजक पद भन्दा राष्ट्र महत्वपूर्ण हुने भन्दै मोर्चा वार्ता मार्फत् सहमतिमा आउन प्रतिवद्ध भने हुनुपर्ने धारणा राख्नुभयो ।
उहाले सीमांकन सम्वन्धि विवादलाई राजनीतिक समिति बनाएर तीन महिनाभित्र टुंग्याउन सरकार तयार रहेको भएपनि मधेशी मोर्चाका कारण समितिलाई पूर्णता दिन नसक्दा वार्ता प्रक्रियामा ढिलाइ भइरहेको जानकारी दिनुभयो ।

समिति गठन गरेर वार्ता र छलफलबाटै मोर्चाको माग सम्वोधन गर्न प्रतिपक्ष दल नेपाली कांग्रेस, सत्तारुढ दल एमाले र एमाओवादीबीच सैद्धान्तिक सहमति भइसकेकाले झिना मसिना कुरालाई आधार मानेर मुलुकलाई अस्थिरतातर्फ धकेल्ने काम नगर्न मोर्चालाई आग्रह समेत गर्नुभयो ।

अर्को प्रशंगमा उहाले स्थानीय निकायको निर्वाचन गराउन कुनै कानूनी वाधा अड्चन नभएकाले आगामी मंसिरमा निार्वाचन गराउने गरी सरकार अघि बढिरहेको जानकारी दिनुभएको थियो

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ