प्रधानमन्त्री ओली र  चीनीया सञ्चारमन्त्री काईबीच भेटवार्ता

प्रधानमन्त्री ओली र  चीनीया सञ्चारमन्त्री काईबीच भेटवार्ता

  • शुक्रबार, बैशाख ३१, २०७३
  • मिर्मिरे अनलाइन

  • 11.1K
    SHARES

काठमाण्डौ, ३१ वैशाख ।
प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहनुभएका चीनका सञ्चारमन्त्री काई फुचाओबीच आज भेटवार्ता भएके छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा द्धिपक्षीय सम्बन्ध, आपसी हित र दुई देशबीचका सञ्चार माध्यमहरुको सहकार्य र विकास तथा पत्रकारहरुको भ्रमण आदान प्रदान लगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

भेटका अवसरमा चीनका सञ्चारमन्त्रीले चीन र नेपाल दुई असल छिमेकी भएको र दुई देशको सम्बन्ध ऐतिहासिक रहेको उल्लेख गर्दै प्रधानमन्त्रीको चीन भ्रमणका बेला दुई देशबीच भएका सम्झौता र समझदारीको व्यबहारमा कार्यान्वयन गर्नका लागि पनि आफ्नो भ्रमण केन्द्रित रहेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले चीनका सञ्चारमन्त्रीको नेपाल भ्रमणले दुई देशको सम्बन्ध विकासमा थप सहयोग पुगेको उल्लेख गर्नुहुँदै सूचना प्रविधिको क्षेत्रमा चीनले गरेको प्रगतिको अनुभव र सहयोगबाट नेपालको आधुनिकिकरणमा मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रधानमन्त्रीले आफ्नो चीन भ्रमणका बेला भएका सम्झौता र समझदारीको कार्यान्वयन गर्न मन्त्रीपरिषदले एक उच्चस्तरीय कार्यदल गठन गरेको जानकारी पनि चीनिया सञ्चारमन्त्रीलाई गराउनुभयो । उहाँले भूकम्पका बेला चीन सरकारले पुर्याएको सहयोग र अहिले पुनर्निर्माणमा पु¥याइरहेको सहयोगको प्रशंसा पनि गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ