सरकारले मृगौला रोगीको निस्शुल्क डायलोसिस गराउने

सरकारले मृगौला रोगीको निस्शुल्क डायलोसिस गराउने

  • बिहिबार, बैशाख ३०, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाण्डौ ,३० वैशाख ।
सरकारले मिर्गौला रोगीको निस्शुल्क डायलोसिस गराउने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको आजको बैठकले आगामी दिनमा सबै मिर्गौला रोगीको उपचारार्थ डायलोसिस खर्च निःशुल्क गराउने निर्णय गरेको सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री शेरधन राईले जानकारी दिनुभयो ।

मृगौलापीडित साहित्यकार दाहाल यज्ञनिधिलगायतले दुई दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर डायलोसिस निस्शुल्क गराउन तथा मृगौला प्रत्यारोपणका लागि आर्थिक सहयोगको माग गरेको थियो ।

यसैबीच सरकारले प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय सूचना तथा प्रविधि परिषद् गठन पनि गरेको छ ।

यस्तै, बैठकले बेरुजु फछ्र्योट मूल्याङ्कन र अनुगमन समितिको सदस्य सचिवमा तनहुँका कृष्णनाथ खनाललाई नियुक्त गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्रीको हालै सम्पन्न मित्रराष्ट्र भारत र चीनको औपचारिक भ्रमणका सन्दर्भमा भएका सम्झौता, समझदारी तथा सहमतिका विषयहरुलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नका लागि परराष्ट्र सचिवको संयोजकत्वमा दुई अलग समिति गठन गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ