काठमाडौ ३० वैशाख ।
काठमाडौ उपत्यका सहित मुलुकका अधिकांश स्थानमा आजपनि मेघगर्जन सहित वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
भारतको बिहारमा बनेको न्युनचापीय प्रणालीको असरका कारण पश्चिमी क्षेत्रको तुलनामा पूर्वी क्षेत्रमा अधिक वर्षा हुने मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो ।
यस्तै मध्य र पश्चिमका केहि स्थानमा पनि क्षणिक वर्षाको संभावना छ । अबको तीन दिन देशका अधिकांश स्थानमा झरी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
अहिले प्रिमनसुन सक्रिय भएकाले बिहान मौसम सफा रहेपनि दिउँसोपछि बदली भएर बेलुकीपख मेघगर्जन सहित वर्षा हुनु स्वभाविक भएको मौसमविद्को भनाइ छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline