मुम्बई इन्डियन्सद्धारा बेंग्लोर ६ विकेटले पराजित

मुम्बई इन्डियन्सद्धारा बेंग्लोर ६ विकेटले पराजित

  • बिहिबार, बैशाख ३०, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाडौ ३० वैशाख ।

इन्डियन प्रिमियर लिग आईपिएल क्रिकेट अन्तरगत गएराति सम्पन्न खेलमा रोयल च्यालेन्जर्स बेंग्लोर मुम्बई इन्डियन्ससँग ६ विकेटले पराजित भएको छ ।

घरेलु मैदान चिनास्वामी स्टेडियममा भएको खेलमा बेंग्लोरले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ५१ रन मात्रै बनाउन सक्यो ।

बेंग्लोरका लागि लोकेश राहुलले अविजित ६८ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यान क्रिजमा टिक्न सकेनन् । जवलाफमा १ सय ५२ रनको लक्ष्य पछ्याएको मुम्बईले खेलमा ८ बल बाँकी छँदा ४ विकेट गुमाएर पुरा ग¥यो ।

मुम्बईका लागि अम्बाती रायुडुले ४४ रन तथा काईरन पोलार्डले अविजित ३५ रन जोडे । यसैगरी जोस बट्लरले अविजित २९ रनको योगदान दिए ।

जारी प्रतियोगितामा मुम्बईको यो छैठौं जित हो । प्रतियोगिता अन्तरगत आज राती हुने खेलमा सनराईजर्स हैदरावाद र दिल्ली डेयर डेभिल्स भिड्नेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी