सरकार नीति कार्यक्रममार्फत झुठको खेती गर्दैछ :काग्रेस

सरकार नीति कार्यक्रममार्फत झुठको खेती गर्दैछ :काग्रेस

  • बुधबार, बैशाख २९, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

काठमाण्डौ ,२९ वैशाख ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको नीति तथा कार्यक्रम मार्फत सरकार लोकप्रिय बन्ने प्रयास गरेको आरोप लगाएका छन् ।

संसदको बैठकमा आज सुरुमा धारणा राख्दै कांग्रेस नेता अर्जुननरसिंह केसीले ‘भूकम्पपीडित जनतालाई राहत दिनुको साटो सरकारले हरेक गाविस र गाउँमा ‘हेलिप्याड’ बनाउने कार्यक्रम राखेर लोकप्रिय बन्ने प्रयास गरेको बताउनु भयो ।

बाढिपीडित, अग्निपीडित र भूकम्प पीडित जनतालाई राहत दिनेतर्फ कुनै प्रयास नगरेको भन्दै केसीले सरकारको आलोचना गर्नुभयो ।

व्यापार घाटा घटाउने तर्फ ध्यान नदिएको, आर्थिक वृद्धिदर १४ वर्षपछि ०.७७ प्रतिशतमा सीमित हुन पुगेको, लामो समयदेखि आन्दोलनरत मधेसवादी दल, थारु, आदिवासी जनजातीको माग सम्बोधन गर्न नसकेको भन्दै उनले व्यवहारिक र वस्तुनिष्ठ कार्यक्रम ल्याउन सरकारलाई सुझाव दिनुभयो ।

बैठकमा सत्तारुढ दल नेकपा एमालेका सांसदहरुले भने सरकारको नीति तथा कार्यक्रम समय सान्दर्भिक र वस्तुनिष्ठ रहेको भन्दै प्रतिरक्षा गरेका छन् ।

सांसद अष्टलक्ष्मी शाक्यले संविधानको सहज कार्यान्वयनका लागि सरकारले नीति तथा कार्यक्रम अगाडि सारेको बताउनु भयो ।

लामो समयदेखि हुन नसकेको स्थानीय निकायको निर्वाचन गर्ने घोषणा हुनु, भूकम्पपीडितलाई एक घर एक रोजगार दिने, आगामी पाँच वर्ष्भित्र भूकम्प प्रभावित सबै संरचनाको निर्माण गर्ने, समृद्ध तराई मधेस सिँचाइ कार्यक्रम अगाडि बढाउने घोषणाको उनले प्रशंसा गर्नुभयो।

व्यवस्थापिका संसदमा सरकारले पेश गरेको निति तथा कार्यक्रममाथि आजपनि छलफल जारी छ ।
हिजोबाट सुरु भएको छलफल भोलीसम्म जारी रहने संसद सचिवालयले जनाएको छ ।

छलफलका क्रममा उठेका प्रश्नको प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाख ३१ गते संसजवाफ दिनुहुने कार्यतालिका रहेको छ । निति तथा कार्यक्रममा आधारित रहेर सरकारले आगामी जेठ १५ गते बजेट ल्याउनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ