काठमाडौं, २९ बैशाख ।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले केन्द्र सरकारले स्थानीय निकायको निर्वाचन गराउन नमिल्ने बताएका छन् ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष यादवले मुलुक संघीयतामा गइसकेकाले प्रादेशिक संरचनामा मुलुकलाई नलगेसम्म स्थानीय निकायको निर्वाचन गर्न नमिल्ने बताउनु भयो ।
उहाले स्थानीय निकायको निर्वाचन प्रादेशिक सरकारको क्षेत्राधिकार भित्र पर्ने भएकाले केन्द्रीय सरकारले क्षेत्र अधिकार तोडेर निर्वाचन गराउन खोजिए संघीयता नै संकटमा पर्ने चेतावनी दिनुभयो ।
मधेसी मोर्चाका मागलाई सम्बोधन गर्दै संविधान पुनर्लेखन तथा संघीय संरचनालाई पूर्णता दिएर मात्र स्थानीय निकायको निर्वाचन गर्नुपर्ने उहाको भनाइ थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline