सिन्धुली,२९ वैशाख ।
नेकपा एमालेका नेता माधवकुमार नेपालले केपि ओली नेतृत्वको सरकार ढाल्ने हैसियत कसैको नभएको टिप्पडि गर्नुभएको छ ।
सिन्धुलीको पिपल भञ्ज्याङमा आयोजित एक कार्यक्रममा बोल्दै उहाले सरकार ढाल्ने खेलमा नलाग्न आग्रह गर्दै वर्तमान सरकार अझै दुई बर्ष टिक्ने दाबी गर्नुभयो ।
बजेट ल्याएपछि एमाओवादीलाई सत्ता हस्तान्तरण गर्ने चर्चा चलिरहेका बेला पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेता नेपालले सरकार लम्बिने बताउनु भयो ।
नेता नेपालले सरकार ढाल्ने र बनाउने खेलमा नलागी वर्तमान समस्या समाधान गर्न सवै एक जुट भएर लाग्न आग्रह गर्नुभयो ।
उहाँले देशको वर्तमान समस्या समाधान गर्न राष्ट्रिय सहमतिको विकल्प नभएको भन्दै देशमा अझै संक्रमण रहेको र अहिलेको आवश्यकता भनेको राष्ट्रिय सहमतिको सरकार भएको पनि वताउनु भयो ।
साथै उहाँले सबै पक्ष मिलेर देशलाई अग्रगतितर्फ लैजानुपर्नेमा जोड दिनुभयो ।
नेता नेपालले प्रधानमन्त्री को भन्ने कुरमा नलागी देश बनाउने कुरामा सबै राजनैतिक शक्तिहरु एकैठाउँमा आउनुपर्नेमा उहाँले सवै राजनैतिक शक्तिहरुलाई आग्रह गर्नु भयो ।