आगामी जेठ १ मा पार्टी एकताबारे अन्तिम टुङगो लाग्ने

आगामी जेठ १ मा पार्टी एकताबारे अन्तिम टुङगो लाग्ने

  • बुधबार, बैशाख २९, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

काठमाडौ ,२९ वैशाख ।
मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीसँग पार्टी एकीकरण प्रक्रियालाई अन्तिम रुप दिन एकीकृत नेकपा माओवादीले आगामी जेठ एक गते केन्द्रिय समिति बैठक बोलाएको छ ।

आज बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा बसेको स्थायी कमिटी बैठकले पार्टी एकिकरण बारे ठोस निर्णय गर्न बैठक बोलाएको पार्टी प्रवक्ता दिनानाथ शर्माले जानकारी दिनुभयो ।

एकीकृत माओवादीले मणि थापा नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी माओवादी र मातृका यादव नेतृत्वको नेकपा माओवादी पार्टीसँग पनि एकीकरणको प्रक्रिया अघि बढाएको शर्माले बताउनुभयो ।

यसैबीच नेकपा क्रान्तिकारी माओवादीले पनि एकताबारे निर्णय गर्न आगामी जेठ २ गते केन्द्रिय कमिटी बैठक बोलाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ