काठमाडौ २९ वैशाख ।
आज बिहान धादिङ केन्द्रबिन्दु भएर भूकम्पको एउटा पराकम्प गएको छ । बिहान विहान ७ बजेर ४ मिनेटमा धादिङको मापार्क आसपास केन्द्रविन्दु भएर ४ दशमलव ४ रेक्टरको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
परकम्पको धक्का धादिङका साथै काठमाडौ उपत्यका र आसपासका जिल्लामा समेत महशुुस गरिएको थियो ।
गोरखाको बारपाक केन्द्र विन्दु भएर ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको एक वर्ष बितिसक्दा पनि पराकम्प जाने क्रम अझै रोकिएको छैैन ।
हालसम्म ४ रेक्टर स्केल भन्दा माथिका ४ सय ५३ भन्दा बढी परकम्प गइसकेको केन्द्रले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline
