हैदरावादद्धारा पुणे चार रनले पारजित

हैदरावादद्धारा पुणे चार रनले पारजित

  • बुधबार, बैशाख २९, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाडौ २९ वैशाख ।  

इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा सनराइजर्स हैदरावादद्धारा पुणे सुपरजाइन्ट्स चार रनले पारजित भएको छ ।

गएराति विशाखा पट्टनममा भएको खेलमा १ सय ३८ रनको लक्ष्य पछ्याएको पुणेले निर्धारित ओभरमा ८ विकेट गुमाएर १ सय ३३ रनमा समेटियो ।

पुणेका एडम जाम्पाले चार ओभरमा १९ रन दिएर ६ विकेट लिए पनि टिमलाई हारबाट जोगाउन सकेनन् । पुणेका कप्तान महेन्द्र सिंह धोनीले २० बलमा ३० तथा जर्ज बेलीले ४० बलमा ३४ रन बनाए ।

पुणेको इनिङ्स ध्वस्त पार्ने क्रममा हैदरावादका आशिष नेहराले तीन विकेट लिए । खेलमा पहिले ब्याटिङ गरेको हैदरावादले ८ विकेटको क्षतिमा १ सय ३७ रन बनायो ।

उसका लागि शिखर धवनले ३३, केन विलियम्सनले ३२ तथा युवराज सिंहले २३ रन बनाए । १० खेलबाट १४ अंक जोडेको हैदरावाद शीर्ष स्थानमा छ भने ११ खेलबाट ६ अंक मात्र जोडेको पुणे सातौं स्थानमा छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी