फिफाद्धारा एन्फालाई नयाँ नेतृत्वको चुनाव गर्न निर्देशन

फिफाद्धारा एन्फालाई नयाँ नेतृत्वको चुनाव गर्न निर्देशन

  • मङ्लबार, बैशाख २८, २०७३
  • मिर्मिरे अनलाइन

  • 9.5K
    SHARES

बैशाख २८, काठमाण्डौ ।

नयाँ नेतृत्व चयनका लागि निर्वाचन गर्न विश्व फुटबलको सर्वोच्व संस्था फिफाले अखिल नेपाल फुटबल संघ एन्फालाई निर्देशन दिएको छ ।

फिफाको इथिक्स कमिटी र अपिल कमिटीले तात्कालिन अध्यक्ष गणेश थापालाई कारबाही गरेपनि विधान अनुसार साधारण सभा मार्फत नयाँ नेतृत्व चयन गर्न निर्देशन दिएको हो ।

फिफाले पत्र मार्फत आगामी जेठ १० गते भित्र निलम्बनमा परेका तीन जना उपाध्यक्ष र एक सदस्यलाई समेत पुर्नबहाली गर्न एन्फालाई आग्रह गरेको छ ।
कार्यसमिति बैठकमा लगातार ४ पटक अनुपस्थित रहेको भन्दै एन्फा उपाध्यक्षत्रय कर्माछिरिङ शेर्पा, विजयनारायण मानन्धर र किशोर राई तथा सदस्य पंकज नेम्वाङलाई एन्फाले निलम्बन गरेको थियो ।
एन्फाका कार्यकारी अधिकृत तथा प्रवक्ता इन्द्रमान तुलाधारले फिफाको निर्देशनात्मक पत्र प्राप्त भएको जानकारी दिनुभयो । एन्फाको विवादलाई सकारात्मक रुपमा टुङग्याउन तयार रहेको बताउदै तुलाधरले विधान सच्चाएर अघि बढ्ने बताउनुभयो ।

यता राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्य सचिव केशव कुमार विष्टले फिफाको पत्रबारे थप अध्ययन गरेर एन्फालाई निर्देशन दिने बताउनुभयो ।
कारबाही गरिएका पदाधिकारीलाई पुर्नस्थापना र साधारण सभा मार्फत नयाँ नेतृत्वको चुनाव गर्न भोली सम्ममा एन्फालाई निर्देशन दिने सदस्य सचिव विष्टको भनाई छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी