काठमाण्डौ ,२८ वैशाख ।
सदभावना पार्टीका नेता अनिलकुमार झा रौतहटमा मृत अवस्थामा फेला परेका छन् । रौतहटको समनपुर–१ का ४५ वर्षीय झा वागमती नदीमा मृत अवस्थामा फेला परेका हुन्।
रौतहट क्षेत्र नम्बर ४ का सदभावना पार्टीका क्षेत्रीय अध्यक्षसमेत रहेका झा सर्लाहीको बरहथवा गाविसमा रहेको खेतीपाती हेर्न गएका थिए ।
रातभरी नफर्केपछि आफन्तले खोजी गर्दा बागमती खोलाको पानीमा आज विहान मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय समनपुरले जनाएको छ ।
खोलामा साइकलले पानीमा थिचिएर लडेको अवस्थामा झाको शव फेला परेको प्रहरीले जनाएको छ । उनले मादक पदार्थ सेवन गरेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।
मृतकको शव जिल्ला अस्पताल गौरमा पोस्टमार्टमका लागि राखिएको छ । घटनाको विषयमा गहन रुपमा अनुसनधान भइरहेको प्रहरी उपरिक्षक गणेश रेग्मीले वताउनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline