काठमाडौ २८ वैशाख ।
व्यवस्थापिका संसदमा आजबाट सरकारले पेश गरेको निति तथा कार्यक्रम माथि छलफल सुरु भएको छ ।
यसअघि हिजो नीति तथा कार्यक्रममाथि विभिन्न दलहरुले दुई दर्जन बढी संशोधन प्रस्ताव दर्ता गराएका थिए ।
नयाँबानेश्वस्थित संसद भवनमा जारी बैठकमा दलहरुले दर्ता गराएका संशोधन प्रस्ताव सहित निति तथा कार्यक्रममाथिको छलफल सुरु भएको संसद् सचिवालयका सहयक प्रवक्त सुदर्शन कुइकेलले जानकारी दिनुभयो ।
नीति तथा कार्यक्रमको आलोचना गर्दै आएको कांग्रेसले सोही अनुसार संसदमा प्रस्तुत हुने तयारी गरेको छ । प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी ओलीले पनि निति तथा कार्यक्रमको रचनात्मक बचाउ गर्न आफ्ना सांसदलाई निर्देशन दिइसक्नुभएको छ ।
निति तथा कार्यक्रममाथि उठेका प्रश्नको प्रधानमन्त्री ओलीले आगामी वैशाख ३१ गते जवाफ दिनुहुने कार्यतालिका छ ।
यसैबीच, आन्दोलनरत मधेशी मोर्चा तथा विभिन्न जनजाति दल आवद्ध संघीय गठबन्धनले आजको संसद बैठक पनि बहिस्कार गरेका छन् ।
आजको बैठकमा पनि आफ्नो धारणा राखेर आफुहरु बाहिरिएको संघीय समाजवादी फोरमका वरिष्ठ नेता अशोक राईले जानकारी दिनुभयो ।
बैठकको सुरुमा नै आफ्नो धारणा राख्दै थरुहट तराई पार्टीका सांसद गोपाल दहितले आफुहरुको माग नसमेटिएकाले नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी नहुने बताउनुभयो । उहाँले बोलीसके पश्चात तराई मधेसबाट प्रतिनिधित्व गर्ने दलहरु संसद बैठकबाट बाहिरिएका थिए ।
संसदमा वोल्नुहुदै सांसद दहितले वतमार्न नीति तथा कार्यक्रमले थारु, मधेसी, आदिवासी जनजाति र उत्पीडित समुदायलाई नचिन्ने भएकाले छलफलमा सहभागी नहुने बताउनुभयो ।
नेता दहितले जायज माग राखेर आन्दोलन गर्दा थारु नेताहरुको घर छानीछानी तोडफोड गर्ने काम भएको भन्दै आपत्ति जनाउनुभयो । तर सरकारले वार्ताको नाटक गरेर पत्रकार सम्मेलन गर्ने र फेरि पनि दमनमा उत्रने नियत देखिएको जनाएको छ ।
यसअघि संसदमा बजेटपूर्वको छलफल पनि मधेस केन्द्रित दलले बहिस्कार गरेका थिए ।