अबको १८ महिना भित्र मेलम्चीको पानी घरमा अवस्य आउछः मन्त्री सिंह

अबको १८ महिना भित्र मेलम्चीको पानी घरमा अवस्य आउछः मन्त्री सिंह

  • सोमवार, बैशाख २७, २०७३
  • मिर्मिरे अनलाइन

  • 9.1K
    SHARES

बैशाख २७ काठमाण्डौं । खानेपानी तथा सरसफाई मन्त्री प्रेम बहादुर सिंहले अबको १८ महिना भित्र मेलम्चीको पानी जनताको घर घरमा आईसक्ने दावी गर्नु भएको छ ।

आज खानेपानी तथा ढल निकाश विभागले पानीपोखरी स्थित आफ्नै कार्यलयमा भूकम्पबाट प्रभावित खानेपानी आयोजना र त्यसको पुननिर्माणको विषयमा गरीरहेका कामको सन्दर्भमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री सिंहले १६ अहिले सम्म कुल २७ हजार ५ सय ८३.९० किलो मिटर मध्य १६ हजार १ सय २२ मिटर खनिसकिएको जानकारी दिदै अबको १३ महिना भित्रमा सुरुङ खन्ने काम सकिने र अन्य काम सकेर १८ महिना भित्र पानी वितरण भईसक्ने बताउनु भयो ।

हाल मेलम्चीको सुरुङ दैनिक ३० देखि ३५ मिटर सम्म सुरुङ खन्ने काम भईरहेको छ ।

एक प्रसंगमा उहाले अब सरकारले ल्याउन लागेको बजेटमा खानेपानी तथा सरसफाईको क्षेत्रमा अघिल्लो वर्षको तुलनामा दोव्वर बजेट ल्याउने तयारी गरेको समेत जानकारी दिनु भयो ।

यसैबीच खानेपानी तथा ढल निकाश विभागले भकम्पबाट अति प्रभावित काठमाण्डौं सहित १४ जिल्ला र मध्यम प्रभावित १६ गरी ३१ जिल्लामा खानेपानीको प्रणाली तथा शौचालयहरु विग्रिएको ठाउमा जनतालाई राहत पुग्ने गरी काम गर्न ८४ करोड १६ लाख ८४ हजार रुपैया विनियोजन गरेर काम भईरहेको विभागले जनाएको छ ।

विभागका महानिर्देशक रामचन्द्र देवकोटाले जिल्ला डिभिजन कार्यलयहरुबाटै खानेपानीको पाईप मर्मत , स्रोत व्यवस्थापन जस्ता कुराहरुका लागि राहत दिने काम शुरु भएको बताउनु भयो ।

मन्त्रालयले पुननिर्माण प्राधिकरण मार्फत सो रकम परिचालन गरेको हो ।

भूकम्पबाट कुल ३१ जिल्लाका २ सय बढी खानेपानीको प्रणालीका संरचनाका साथै २ लाख २० हजार वटा शौचालयहरुमा क्षति पुगेको र यसबाट ११ अर्ब भन्दा क्षति पुगेको महानिर्देशक देवकोटाले बताउनु भयो ।
साथै यी सबै संरचनाको पुननिर्माणका लागि पाच वर्षको समय लाग्ने र १८ अर्ब रुपैया खर्च हुने पनि विभागले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ