सत्तारुढ तथा प्रतिपक्षीदलका नेताद्धारा नीति तथा कार्यक्रमको आलोचना

सत्तारुढ तथा प्रतिपक्षीदलका नेताद्धारा नीति तथा कार्यक्रमको आलोचना

  • सोमवार, बैशाख २७, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

काठमाडौं, २७ वैशाख ।
सत्ता गठबन्धन दलका नेताहरुले नै सरकारको नीति तथा कार्यक्रमको आलोचना गरेका छन् ।

सस्तो लोकप्रियताबाट प्रेरित भएर सरकारले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम ल्याएको भन्दै एमाओवादी नेता वर्षमान पुनले सरकारको आलोचना गर्नुभयो ।

राजधानीमा आज आयोजित कार्यक्रममा बोल्दै पूर्वअर्थमन्त्री समेत रहनुभएको पुनले एमालेले एमाओवादीसँग गरेको ९ बुँदे सहमतिलाई सरकारको नीति तथा कार्यक्रममा नसमेटिएको गुनासो गर्नुभयो ।

यस्तै, कांग्रेस नेता चिनकाजी श्रेष्ठले नीति तथा कार्यक्रम सरकारले कसैसँग सल्लाह नगरी रातारात ल्याएको आरोप लगाउनु भयो ।

कार्यक्रममा सद्भावनाका नेता लक्ष्मणलाल कर्णले संविधानबमोजिमको संरचना नै खडा नभइ नीति तथा कार्यक्रम कार्यान्वयन नहुने धारणा राखे ।

सरकारका प्रवक्ता एवं सन्चारमन्त्री शेरधन राईले भने यो नीति तथा कार्यक्रम जनमुखी रहेको र सन्तुलित विकासको अवधारणालाई ध्यानमा राखेर ल्याइएको दाबी गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ